Logo
Logo

एसियाड ब्याडमिन्टनमा मंगोलियालाई हराउँदै नेपाल विजयी


3k
Shares

हान्झाउ। चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम वीजयी भएका छन् ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा आज (बिहीबार्) भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २(० ले हराउँदै हराए । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१-२३, २४-२२, १७-२१ ले पराजित भए ।

तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २-० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१-८, २१-९ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्