Logo
Logo

‘हुम्ला हुँदै पर्यटकलाई मानसरोवर भ्रमण गराउन चीनसँग सैद्धान्तिक सहमति’


504
Shares

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाबाट हिन्दु धर्मालम्बीहरुको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवरमा सजिलोसँग भ्रमण गर्न सक्ने व्यवस्था गर्ने बताएका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको भ्रमण गरेका थिए । त्यसपछि उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्ला हुँदै कैलाश पर्वत र मानसरोवरसम्म भ्रमण गराउनका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताएका हुन् ।

सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर–दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २ सय ५० किलोमिटर टाढा पर्छ । नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल–चीन सीमानाबाट ७० किलोमिटर मात्र टाढा रहेको छ ।

सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक संजाल जोडिएको भएपनि यात्रा गर्न सहज छैन । प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर बृद्धि गर्ने काम छिट्टै अघि बढाइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्