Logo
Logo

भ्रष्टाचार निवारण सूचकांकमा नेपालको ११३औँ स्थानमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ माघ । भ्रष्टाचार निवारणसम्बन्धी सूचकांकमा नेपालको १सय १३औँ स्थानमा उक्लिएको छ । गत वर्ष १ सय २४औं स्थानमा थियो । नेपालको भ्रष्टाचार निवारणसम्बन्धी सूचकांकमा सन्तोषजनक देखिएन ।

बिहीबार ‘ट्रान्सपरेन्सी इन्टरनेश्नल’ले जम्मा १ सय ८० देशको रिपोर्ट सार्वजनिक गरेको छ, जसमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णाकका आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ भने नेपालले ३४ नम्बर ल्याएको छ । गत वर्ष भने ३१ मात्रै ल्याएको थियो ।
विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टमा उल्लेख छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्