Logo
Logo

मन्त्री भुसालद्धारा पशुपन्छी विकास तर्फका कार्यालयको छड्के अनुगमन


441
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरूको छड्के अनुगमन गरेका छन् ।

उनले काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् ।

कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएका काम कारबाहीबारे जानकारी लिँदै तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएको छ ।

लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका सरकारले काम गरिरहेको मन्त्री भुसालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्