काठमाडौं । आज पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर–माइतीघरसम्म सडकमा बसेर प्रदर्शन गरेका हुन् ।
डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्म पुगेर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् ।

देशका विभिन्न स्थानमा डाक्टरहरुमाथि कार्य क्षेत्रमै आक्रमण र कुटपिट भएपछि उनीहरु बुधबारदेखि सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारसँग सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । सडक बीच मै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।














