Logo
Logo

एनआईसी एशिया, इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजी नेपालबीच त्रिपक्षीय सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लिमिटेड भारत, एम्निल टेक्नोलोजी प्रालि नेपालका बीच इण्ड टु इन्ड एएमएल (एन्टी मनी लन्ड्रिङ, सीएफटी (कम्ब्याटिङ टेरोरिष्ट फाइनान्सिङ) सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजि प्रालिका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गर्नुभयो ।

सो सम्झौता्अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टु इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र इण्ड टु इन्ड एएमएल (एन्टी मनी लन्ड्रिङ, सीएफटी (कम्ब्याटिङ टेरोरिष्ट फाइनान्सिङ) सोलुसन कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (जस्तै फाइनान्सिल एक्सन टास्क फोर्स, एसियन प्यासिफिक ग्रुप अन मनी लन्ड्रिङ आदिले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको छ । नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको छ । यस प्रविधि मार्फत ग्राहक अनबोर्डिङ गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल÷सीएफटी र केवाईसी व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ ।

नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको इ–केवाईसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको छ । साथै, ग्राहक महानुभावहरुलाई यस बैंकको वेभ साइटमा रहेको इ–केवाईसी पोर्टलमार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुहुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ मुलनारासहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुभmाई सकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्