Logo
Logo

एसियाली खेलकुद : महिला भलिबलमा पहिलो खेलमै नेपालको हार


2k
Shares

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले पहिलो खेलमै हार बेहोरेको छ ।

शनिबार हाङझाउस्थित देक्वाइ स्पोर्ट्स सेन्टरमा भएको प्रारम्भिक चरणको समूह ‘सी’को भलिवल खेलमा नेपालमाथि भियतनामले ३–० को सोझो सेटमा जित हात पारेको हो । पहिलो सेट नेपालले कमजोर देखाउँदा ४–२५ अंकले पराजित भएको छ ।

यस्तै, दोस्रो सेटमा नेपालले खेलमा केही सुधार ल्याएपनि जित निकाल्न सकेन । दोस्रो सेटमा नेपाल १६–२५ अंकको अन्तरले पराजित भयो । यस्तै, तेस्रो सेटमा सुरुवाती अग्रता लिएका नेपाल भियतनामभन्दा कमजोर ठहरियो । नेपाल तेस्रो सेटमा १३–२५ अंकको आधारमा पराजित भयो । नेपालले अब समूहको अन्तिम खेलमा सोमबार दक्षिण कोरियासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्