Logo
Logo

दीपक मनाङे पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ ।
डन पृष्ठभुमीका प्रदेश सांसद दीपक मनाङे भनिने राजिव गुरुङ पक्राउ परेका छन् । कास्की प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।


एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई उनले मंगलबार मुक्का हानेका थिए । मिलनकै उजुरीमा उनी पक्राउ परेको कास्कीका डिएसपी राजकुमार केसीले बताए । खेलाडीको विषयलाई लिएर उनले मिलनलाई कुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्