Logo
Logo

एकैदिन मन्त्रिपरिषद्द्वारा ३२ निर्णय (सूचिसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ ।

माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठका ३२ निर्णय गरेको छ । नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु बिहीबार सार्वजनिक गरेका छन् ।


गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले बताए। बैठकले सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ। यस्तै, जयनगर(जनकपुर(बर्दिबास रेलमार्गको जयनगर(जनकपुर(कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ।

 

यस्ता छन् निर्णयहरु–

 

 

प्रतिक्रिया दिनुहोस्