Logo
Logo

अर्थव्यवस्था विस्तारै लयमा फर्कँदैछ : अर्थमन्त्री



जनकपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन् । शनिबार जनकपुरमा जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले बिभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताएका हुन् ।

अर्थमन्त्री डा. महतले बैङ्कहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताए । उनले विनयोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए । उनले अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने बतावरणको निर्माण भएको बताए । उनले सरकारमाथि आन्तरिक र बाहय लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको बताए ।

अर्थमन्त्री डा. महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडी बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने जिकिर गरे । उनले मधेशको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रीत रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्