
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । प्रधानमन्त्रीको हालै सम्पन्न चीन भम्रणबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेबाट पत्रकार सम्मेलन सुरु हुने पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न चीन भ्रमण, पार्टीको तीन महिने अभियान तथा विभिन्न समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए । एक साता चीनमै रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार काठमाडौं फर्किएका छन् ।














