
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलिय बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठक बोलाएका थिए ।
रास्वपाका सभापति रवि लामिछानेले सरकारले चाँडवाठको मुखमा गरेको मुल्य वृद्धि प्रति आपत्ति जनाउदै बैठक बहिष्कार गरेको जानकारी दिए । सभापति लामिछानेले फेसबुकमा स्टाटस पोष्ट गर्दै बैठक बहिष्कारको जनाकारी दिएका हुन् ।
‘चाडपर्वहरूको मुखमा आमउपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले लेखेका छन्, ‘यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ ।’














