Logo
Logo

दुई बालक मृत्यु प्रकरण: बिहानैदेखि वीरेन्द्रनगर तनावग्रस्त


4k
Shares

काठमाडौं । आज आइतबार बिहानैदेखि सुर्खेतको वीरेन्द्रनगर अशान्त बनेको छ । शुक्रबार र शनिबार छुट्टाछुट्टै घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तहरुको आन्दोलनले वीरेन्द्रनगरकाे यरिचोक बिहानैदेखि अशान्त बनेको हो ।

वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको मृत्यु भएको थियो ।

त्यस्तै शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक ८ वर्षीय बालक सलाम पुलामी मगर मृत अवस्थामा भेटिएका थिए । उनी सोही होस्टलमा बसेर कक्षा २ मा पढ्थे ।

होस्टेलमै शंकास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिुपर्तिको माग गर्दै आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शनिबारदेखि नै आन्दोलन सुरू गरेका थिए ।

शनिबार छुट्टाछुट्टै रूपमा आन्दोलन गरेपछि आइतबार बिहानदेखि भने संयुक्त रूपमा आफन्तले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा प्रहरी परिचालन गरिएपछि मुख्य सडकको यरिचोक आसपासमा सवारीसाधन चल्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्