Logo
Logo

डिआईजी अर्याल भए उत्कृष्ट


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १० माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित ‘१९औं सशस्त्र प्रहरी दिवस २०७६’ विशेष समारोहमा सरिक भएका छन् ।
विशेष समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।


प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान रे । ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।

उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलद्वारा प्रकाशित पुस्तक समेत लोकार्पण गरेका थिए ।
उनले सशस्त्र प्रहरी बल नेपालद्वारा आफ्नो कार्यक्षेत्र भित्रका सुरक्षा तैनाथी विशिष्ट व्यक्तिको सुरक्षा, उद्वार कार्य लगाएतको ‘डेमोष्ट्रेसन’ अवलोकन गरे । विशेष समारोहलाई सम्बोधनको क्रममा कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगाएत अमर सशस्त्र प्रहरीको श्रद्धापूर्वक स्मरण गर्दै उनीहरुलको बीरताको मुग्दकण्ठले प्रशंसा गर्दै घाईते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
ओलीले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कार्यमा विशिष्ट योगदान पु¥याउनुका साथै कठिनाईका समयहरु तथा प्राकृतीक बिपत्तीकोे बेला उद्वार कार्यमा असाधारण योगदान पु¥याएको बताए । ओलीले भूकम्पको बेला सशस्त्र प्रहरी कर्मचारीले उद्वार कार्यमा देखाएको तत्परताको मुग्दकण्ठले प्रशंसा गरेका थिए ।

राष्ट्र सुशासन र बिकासमा जुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसमा सशस्त्र प्रहरी बलले पनि आफ्नो तर्फबाट योगदान पु¥याएको बताए । ।
बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बल अग्रणी स्थानमा रहेको चर्चा गर्दै सम्माननीय प्रधानमन्त्री ओलीले यसतर्फ संगठनको सकृयताप्रति खुशी लागेको उल्लेख गरे । सशस्त्र प्रहरी बलले उक्त विशेष समारोहमा प्रस्तुत गरेको ‘डेमोष्ट्रेसन’ उत्कृष्ट रहेको उल्लेख गर्दै उनले भने– ‘डेमोष्टे«सन मात्रै
होईन, सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा देखाएको क्षमताबाट सबै
प्रभावित भएका छन् ।’
ओलीले सशस्त्र प्रहरी बललाई समयानुकुल प्रभावकारी बनाउँदै लैजान मात्र नभई यस संगठनका सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई राज्यले धान्ने सम्मको सुविधा दिन, राम्रो तालिम उपलब्ध गराउन सरकारको ध्यान गएको उल्लेख गरे । उनले भने,‘‘सशस्त्र प्रहरी बलले आफुलाई आफ्ना हरेक क्षेत्रमा चुस्त र दुरुस्त राखेको छ ।’


कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनस्तरमा भिजिसकेको तथा प्रभावकारी सुरक्षा निकायको रुपमा आफुलाई उभ्याउन सफल भएको बताए ।
देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिती जनाउँदै सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण लगाएतका क्षेत्रहरुमा उत्कृष्ट कार्य गरेको चर्चा गर्दै उनले सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकायसँग समन्वय गरी उत्कृष्ट कार्य गरिरहेको उल्लेख गरे ।
संगठनको जनशक्तिलाई संख्यात्मक र गुणात्मक रुपमा बृद्धि गर्दै लगिने बताउँदै चोरीपैठारी निकासी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण लगाएतका कार्यका लागि क्रमीक रुपमा बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने कुरा समेत उल्लेख गरे ।
गृहमन्त्री थापाले तराईदेखि उच्च हिमाली क्षेत्रसम्म तैनाथ रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझै उच्च व्यावसायिक हुँदै जनताको सेवा र सुरक्षामा सकृय रहन निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न तथा जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट पूर्ण रुपमा योगदान पु¥याउने बताए ।
बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले परिचालनका क्षेत्रहरुमा उत्कृष्ट योगदान पु¥याएको तथा विपद्का बेला खोजी तथा उद्वार कार्यमा पु¥याएको योगदानको सबै क्षेत्रबाट मुग्दकण्ठले
प्रशंसा भएको बताए । सशस्त्र प्रहरी बलले भ्रष्टाचार, मानवअधिकारको हनन् तथा लैंगिक हिंसामा शुन्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गरे ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले अवैध चोरीपैठारी निकासी नियन्त्रणमा समेत उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै यसै आर्थिक वर्षको पुष महिना सम्ममा ३६ करोड ७२ लाख रुपैयाँ बराबरको अवैध सामाग्री नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाईएको जानकारी दिए ।
त्यस्तै बिहीबार बिहान आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७६’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार ललितबहादुर खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गरेका छन् । सो कार्यक्रममा उनले सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गरो थिए ।

प्रतिक्रिया दिनुहोस्