
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो १२ः३० बजे बस्नेगरी आकस्मिक रुपमा बोलाइएको हो ।
बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ । साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामत गरिएको ६० किलो सुन तस्करी प्रकरणको विषयलाई लिएर आज बिहान बालुवाटारमा सर्वदलिय बैठक बसेकको थियो ।
बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो । मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले गरेको चर्को मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुने माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले जानकारी दिए ।
आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।














