Logo
Logo

प्रतितोला ८ सय रुपैयाँ घट्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख सात हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्