Logo
Logo

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । झण्डै १५ दिन लामो विदेश भ्रमण सकेर शनिबार स्देश फिर्ता भएको प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने संसद बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले संयुक्त राज्य अमेरिका र उत्तरी छिमेकी राष्ट्र चीन भ्रमणमा भएका सहमती र सम्झौताबारे सदनलाई जानकारी गराउने बताइएको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राख्नेछन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीनबाट उनी शनिबार स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्