Logo
Logo

नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द रहने



काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।

यही असोज १७ गते बुधबार र १८ गते बिहीबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने जनाइएको छ । केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबारदेखि पुनःसञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्