Logo
Logo

पोखरा उडेका दुई जहाज अवतरण नगरी काठमाडौं फर्किए


19k
Shares

काठमाडौं । काठमाडौंबाट आज (सोमबार) बिहान पोखराका लागि उडेका यति एयरलाइन्स श्री एयरका जहाज अवतरण नगरी काठमाडौं फर्किएका छन्।

त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन्।

पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान अवतरण नगरी काठमाडौं फर्किएका त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्