
काठमाडौं । दाङमा रात्रिबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिका ४ बनगाउँस्थित बबई सोता पुलबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस दुर्घटनामा घाइते भएका १४ जनामध्ये एक जनालाई बढी चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए । उनलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । बसमा १६ यात्रु सवार थिए । दुई जना भने सकुशल छन् ।














