Logo
Logo

एमाले कर्णाली अधिवेशनमा मतगणना सुरु


756
Shares

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत आइतबार राति भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार अबेर राति मतदान सकिएकाे थियो ।

सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि प्राविधिक तयारीका कारण केही घण्टा ढिलो सुरु गरिएको हो । नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । ११६ जना प्रतिनिधिहरुमध्य ६०९ जना मतदानमा सहभागी भएका थिए ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्