Logo
Logo

१५ करोड हुन्डी कारोबार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर


10.8k
Shares

काठमाडौं । विदेशी विनिमय अपचलन (हुन्डी) कारोबारमा संलग्न चार जनाविरुद्ध सिराहा जिल्ला अदालतमा मुद्दा भएको छ । राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध १५ करोड एक लाख ८६ हजार आठ सय बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अभियोग पत्र दायर गरिएकामा सिराहा नगरपालिका– १७ माडरका ४७ वर्षीय प्रेमकुमार यादव, सिराहा– ७ का ४४ वर्षीय संजयकुमार साह, सिराह–१ का अन्दाजी ४५ वर्षीय पवनकुमार यादव र सोही वडाका अन्दाजी ४० वर्षीय अरुण यादव रहेका छन् । पवनकुमार भने फरार रहेको अनुसन्धान विभागले जनाएको छ ।

अनुसन्धानको क्रममा उनीहरू अवैध हुन्डी कारोबारमा संलग्न भएको पाइएको छ । गत भदै १५ गते सिरहा– १७ कालीचौकमा चेकजाँच गर्ने क्रममा भारततर्फबाट आउँदै गरेको बीआर७सी ४२२४ नम्बरको कारबाट ४४ लाख बरामद गरिएको थियो । उक्त कारमा प्रेम र संजय सवार थिए । प्रेमले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम लिएको विभागले जनाएको छ । 

त्यस्तै उनीहरूका हकमा एक करोड २७ लाख ३८ हजार २४० र अरुण यादवको हकमा आठ करोड ६५ लाख ६० हजार  र पवनकुमार यादवलाई पाँच करोड ८ लाख ८० हजार ५६० बिगो कायम दाबी गरी राजस्व विभागले मुद्दा दर्ता गरेको हो । 

विभागले विज्ञप्तिमा भनेको छ,‘अवैध रुपमा कारोवार गरी प्रतिवादीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ग(ग) बमोजिमको कसूर गरेको वारदात पुष्टि हुन आएको छ।’

विदेशी विनिमय विपरीतको कसूर अपराध गरेकोले उक्त रकम जफत गरी पाउने माग दाबी लिई अभियोगपत्र दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्