Logo
Logo

ग्लोबल आईएमई र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता


189
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् । बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सम्झौता गरेको हो ।

यो व्यवस्थाले देशमा नवीकरणीय ऊर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ । कर्जा नोक्सान ग्यारेन्टीले दिगो ऊर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ ।

बैंकले यस्ता किसिमका परियोजनाहरूमा लगानी गर्नुका साथै साना तथा मझौला व्यवसायलाई प्रवर्धन गर्न विभिन्न वित्तीय सुविधा प्रदान गर्दै व्यवसाय वृद्धिका लागि सहयोग गर्ने लक्ष्यअनुसार यस सम्झौताअन्तर्गत देशको दूरदराजमा सञ्चालन हुने परियोजनाहरूलाई बैंकिङ सुविधा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्