Logo
Logo

‘विश्व क्रिकेट लिग’ खेल्ने नेपाली टोली घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृंख्लाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
प्रतियोगिताका लागि कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर र ललित राजवंशी छनोट हुनुभएको छ ।
यसअघि १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यस्तै, वैकल्पिकतर्फ पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहेका छन् । त्रिकोणात्मक खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा यही २२ माघदेखि २९ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्