Logo
Logo

११ किलो सुन प्रकरण : चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ


567
Shares

काठमाडौं । दोलखामा पटक पटक गरी बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानबाट खुलेको सीआईबी जनाएको छ । यसअघि सो तस्करी प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको बताइएको छ ।

प्रहरीले दोलाखाबाट दुइ पटक असाेज १२ गते ३ किलो र असाेज १० गते ४ किलो गरी ७ किलो सुन बरामद गरेको थियो । सोही सुन तस्तरीको अनुसन्धान गर्ने क्रममा प्रहरीले आइतबार थप ४ किलो सुन बरामत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्