काठमाडौं, १० माघ ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा बुझाएका हुन् ।

द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति असहमित जनाउँदै उनले पदबाट राजीनामा दिएको बताइएको छ । उनी मानव अधिकारकर्मी हुन् । उनी २०७४ सालको चैतमा राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।












