Logo
Logo

एकीकृत समाजवादी गरिबगुरुवाको पार्टी : माधव नेपाल 


504
Shares

सिरहा ।  नेकपा एकीकृत समाजवादी गरिबगुरुवाको पार्टी रहेको पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । 

सुशासन, रोजगारी र समृद्धिका लागि, समाजवादी जागरण अभियान २०८० लाई आज सिराहामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले पुँजीवाद व्यवस्थाको अन्त्य र जनतालाई समाजवादको प्रत्याभूति गराउन एकीकृत समाजवादी पार्टी अगाडि बढिसकेको बताए । 

पूर्वप्रधानमन्त्री नेपालले अन्याय अत्याचार ,शोषण दमन, सामन्तवाद ,पुँजीवाद लगायत हरेक किसिमको प्रतिक्रियावाद, विकासको बाधक तत्त्वहरूको खिलाफ सामना गर्दै जनतालाई समाजवादको प्रत्याभूति गराउने उद्देश्यले नेकपा एकीकृत समाजवादीले मेची महाकाली समाजवादी अभियान २०८० को आयोजना गरेको बताए । 

उनले एकीकृत समाजवादीले देशमा  जनतालाई  रोजगारी, शिक्षा, स्वस्थ,  गाँसबास सहितको अधिकारको आवाज बुलन्द गर्ने बताए ।

सुशासन, समृद्धि र रोजगारी सहित हुलाकी सडक अन्तरगत सिरहा धनुषा जोडने पुल भासिएको कुरा अवगत रहेको भन्दै पुनः निर्माण गरि सञ्चालनमा ल्याउन सिरहाकै मंछबाट सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्