काठमाडौं । सशस्त्र प्रहरी बलले सिरहाबाट करिब ८० लाख बराबरको लत्ताकपडा बरामद गरेको छ ।
सिरहा नगरपालिका–१८ स्थित तारापट्टिबाट मंगलबार सशस्त्र प्रहरीले करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रूपले ल्याएर लुकाएर राखेको भन्ने सूचना सशस्त्र प्रहरीले पाएको थियो ।

सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले भन्सार छलीका सामान बरामद गरेको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
७८ पोका लत्ताकपडा बरामद गरेको थियो । स्थानीयबासीको तीन वटा गाई गोठको टहरामा लुकाएर राखेको अवस्थामा बरामद भएको थियो ।
बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ।