Logo
Logo

बुद्ध एयरले १८ माघदेखि राजविराज उडान भर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बुद्ध एयरले उडान गन्तव्य बढाउने भएको छ । कम्पनीले १८ माघ (शनिबार) देखि प्रदेश २ को राजविराजमा पनि उडान भर्न लागेको हो ।

प्रत्येक दिन काठमाडौंबाट ११.२५ मा उडान हुने र राजविराजबाट १२.२० मा उडान हुने तालिका तय भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौंबाट राजविराजको उडान अवधि करिब ३५ मिनेटको हुनेछ ।

उडानले सप्तरी, उदयपुर, सिराहा तथा सुनसरीका यात्रुलाई सुविधा पुग्ने कम्पनीको दाबी छ । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । पर्यटकको आवागमनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र आर्थिक वृद्धि हुने कम्पनीको दाबी छ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महŒवपूर्ण सहर भएकाले त्यहाँ उडान थप हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने कम्पनीले जनाएको छ । यहाँबाट छिन्नमस्ता, वराहक्षेत्र, कोसी टप्पु, सलहेश बहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिने जनाइएको छ । राजविराज उडानले सीमापारीका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगन्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्