Logo
Logo

कोसीका मुख्यमन्त्रीले असोज १९ गते विश्वासको मत लिने


1.1k
Shares

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन् । असोज २० गते भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कार्कीले १९ गते नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेको हो ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । २० गते शनिबार परेकोले त्यो दिन बैठक राख्ने/नराख्ने भन्ने प्रदेश सभाले टुंगो लगाइसकेको छैन ।

सोही कारण कार्कीले १९ गतेको प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । यद्यपी मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ ।

यसअघि मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक रहेको भन्दै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो । सो पश्चात कार्की मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्