Logo
Logo

रिगलको आममाफीविरूद्ध अनशन थालेका भारती बेहोस


10.8k
Shares

काठमाडौं । दिनदहाडै मान्छेको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका योगराज  ढकाल (रिगल) लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध आमरण अनशन बसेका भारती मानन्धरलाई अस्पतालमा लगिएको छ । 

श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगललाई सरकारले संविधान दिवसको दिन कैद मिनाहा गरी जेलमुक्त गराएपछि उनलाई जेलमा नै राख्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा आज बिहानदेखि अनशन सुरु गरेका थिए । बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोस भएपछि वीर अस्पताल लगिएको हो । 

संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो । 
रिगलविरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्