Logo
Logo

दुर्गममा पनि सुपथ मूल्य पसल सञ्चालन सरकारलाई संसदीय समितिको निर्देशन


630
Shares

काठमाडौं । संसदीय समितिले दुर्गम र हिमाली जिल्लामा सुपथ मूल्य पसल सञ्चालन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

उपभोक्ता हित समितिको बैठकले सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरुसहित विभिन्न स्थानमा थप गरी त्यस्ता पसलबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिले ३१ भदौ गते बसेको बैठकबाट दिइएको निर्देशन अनुसार सरकारले विभिन्न स्थानहरुमा खोलेका सुपथ मूल्य पसलका सम्बन्धमा धन्यवाद दिँदै थप विस्तार गर्न निर्देशन दिने निर्णय भएको समितिका सभापति अब्दुल खानले जानकारी दिए ।

यस्तै, नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरु (जीरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारणजस्ता अनियमित गतिविधि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन समेत समितिले सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगायतका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्