Logo
Logo

देउवाको अपिल- धार्मिक र सामाजिक सद्भाव खलल पुग्ने गतिविधि नगरौं


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको नेपालगञ्ज घटनालाई लिएर अपिल जारी गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञाप्ति जारी गदै धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न/नगराउन आह्वान आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जाती, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि आग्रह गरेका छन् । उनले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं समग्र सद्भावका लागि अपिलसमेत गरेका छन् ।

नेपालगञ्जमा हिन्दु र मुश्लिम समुदायबीच तनाव उत्पन्न भएपछि मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्