Logo
Logo

‘सरकारले सामाजिक सञ्जाल दुरुपयोगको समस्या समाधान गरेरै छाड्छ’


441
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोग भइरहकोप्रति ध्यानाकर्षण जनाएको छ । बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले अहिलेसम्म कानून नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई उचित कारबाही गर्न नसकेको बताइन् ।

‘कुनै कानूनमा टेकेर हामीले कारबाही गर्नसक्ने अवस्था छैन । सरकारले कानुनमै टेकेर काम गर्नुपर्ने भएकाले एकदमै तदारुकताका साथ कानून निर्माण गर्ने प्रक्रियामा छौं’ मन्त्री शर्माले भनिन्, ‘त्यो निर्देशिका अहिले कानून मन्त्रालयमा छ । आउने क्याबिनेटबाट पारित भएर जान्छ । त्यसले केही व्यवस्थापन गर्नसक्छ । निर्देशिकामै हामीले धेरै दण्ड, सजायको कुरा गर्नसक्ने रहेनछौँ । प्रचलित कानुनबमोजिम हुने कारबाही आफ्नो ठाउँमा छँदैछ ।’

उनले सामाजिक सञ्जाललाई इंगित गरेर दण्ड सजाय निर्देशिकामा राख्न नसक्ने भन्दै यसबारे कानुन बनाउने तयारी भइरहेको बताइन् । सरकारले सामाजिक सञ्जाल दुरुपयोगको समस्या समाधान गरेरै छाड्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्