काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाएको छन् ।
मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न उनले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक बिहीबार बिहान बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।














