Logo
Logo

चौतर्फी विकास गर्न हाम्रो पार्टी अपरिहार्य : अध्यक्ष नेपाल


630
Shares

जलेश्वर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन् ।

पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी बेइमानविरुद्ध तथा अन्याय–अत्याचारमा परेकाको साथमा रहेको बताएका हुन् ।

देशबाट अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल गर्न तथा न्याय, शान्ति, सुशासन र समृद्धि कायम गर्न एकीकृत समाजवादीको साथमा लाग्न पूर्वप्रधानमन्त्री नेपालले अपिल गरे । उनले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एकीकृतको मेची–महाकाली जागरण अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे । अभियानले नेपाली जनताका हक, अधिकार स्थापित गर्न तथा जनतालाई आफ्ना अधिकारप्रति सचेत तुल्याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्