Logo
Logo

प्राविधिक र व्यावसायिक तालिमबारे रोटरीको गोष्ठि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ 
देशको तिव्र विकासका लागि प्राविधिक तथा व्यावसायिक सीपको महत्वमा यसमा रोटरीमा आबद्ध व्यक्तिहरुको भूमिकाको विषयमा एकदिने गोष्ठि सुरु भएको छ । रोटरी क्लब र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा गोष्ठि सुरु भएको हो ।


पुष्करमान शाक्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा तिर्थमान शाक्य प्रमुख अतिथि छन् । त्यस्तै सुरन्द्रभाई शाक्य र कमल रुपाखेतीले समेत गोष्ठिको बारेमा बालेको थिए । कार्यक्रममा डा निमानन्द रिजाल र डा जीवकराज बज्राचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा विदेश जाने कामदारमा दक्षता नहुँदा उनीहरुले न्यून कमाएको उल्लेख गरेका छन् । कार्यक्रममा प्राविधिक शिक्षा तथा तालिमहरु बढाउँदै लैजाने सके मात्र देशको छिटो विकास हुनेमा जोड दिइएको थियो ।

कार्यपत्रमा प्रदीप कुमार श्रेष्ठ, वीरेन्द्रराज पाण्डे, डा सुनिल चित्रकार र बालमुकुन्द न्यौपानेले टिप्पणी गरेका छन् । कार्यक्रममा रोटरी क्बल अफ जावलाखेल, पाटन, पाटन साउथ, काष्ठमन्ड, यलको समेत सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्