
काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएका छन् ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी दिएको हो ।
कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी उनले असोज १७ गतेदेखि भने निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका हुन् ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बि.इ. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.इ. गरेका छन् ।














