काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको अधारमा मुलुक सञ्चालन गनुर््पर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शबिनार बिहान भएको छलफललमा शीर्ष नेताबीच यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्र्रेसका सभापति शेरवहादुर देउवासँग मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्र्दभमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री ओली मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए । उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेका बताए ।
‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’
प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल कांग्र्रेससँग छलफल गरेर मात्र गरिने बताएका थिए ।