Logo
Logo

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, ११ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नया“ वर्ष पर्व शनिबार टुँडिखेलमा भव्यता साथ मनाइएको छ । ल्होसार मनाउन तामाङ समुदायका युवायुवती संस्कृति झल्काउँने भेषभूषामा टुँडिखेल पुगेका थिए ।
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर समेत प्रचारप्रसार गरिएको छ । नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पर्छ । तामाङ जातिको मौलिक वेशभूषा, सांस्कृतिक गतिविधि, खानालगायतको प्रदर्शनसमेत गरिएको छ । नेपाल तामाङ घेदुङलगायत संस्थाले आयोजना गरेको कार्यक्रमकमा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिएको छ ।
तस्बिरहरु : रासस

 

 

प्रतिक्रिया दिनुहोस्