Logo
Logo

ओलीले जनयुद्धबारे राखेको धारणा बेठिक : वर्षमान पुन


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका बिषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा बिषयमा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका हुन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति सबै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारीक धारणा हो जस्तो आफुलाई नलागेको धारणा राखे । उनले पीडितलाई न्याय दिने गरि शान्ति प्रक्रियालाई टुङ्गो लगाउनुपर्ने र टिआरसीका बिषयमा सवै दलहरु सहमति नजिक रहेको पनि बताए ।
पुनले शान्ति प्रक्रिया सवैका साझा बिषय भएकाले अहिलेको सरकारले मात्रै स्वामित्व लिन नमिल्ने र प्रतिपक्षीको पनि स्वामित्व रहनेगरि शान्ति प्रक्रिया टुङ्गो लाग्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्