
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरेको छ ।
बुधबार राति साउदीको दमामका लागि उडेको नेपाल एयरलाइन्सको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा नाइनएन–एकेएक्स विमानको मर्मतमा संलग्न ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको हो ।
विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको जनाएको छ । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको थियो ।














