Logo
Logo

पूर्वसांसद कार्कीको निधन


- दृष्टि न्युज/संवाददाता


पाल्पा, १२ माघ । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गाैला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिनुभयो ।


पाल्पाका पूर्वसांसद गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका पूर्वजिल्ला सभापति कार्कीको उपचारका क्रममा काठमाडौँमा निधन भएको
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा कार्कीको जन्म भएको थियो । मिर्गाैला समस्या देखिएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत कार्कीको निधन भएको काँग्रेस पाल्पाका सचिव गैरेले बताउनुभयो ।

कार्कीले लामो समयदेखि डायलायसिस गराउँदै आउनुभएको थियो । उहाँ विसं २०४८ मा पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०५१ देखि २०५६ सम्म काँग्रेस पाल्पाको जिल्लासभापतिको कुशल जिम्मेवारी वहन गर्नुभएको थियो । कार्की राष्ट्रिय पञ्चायत सदस्यमा पनि निर्वाचित हुनुभएको थियो । कार्कीको मिर्गाैलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराउँदै आउनुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्