Logo
Logo

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री (फोटोफिचर)

प्रधानमन्त्रीको आश्वासन- प्रभावितलाई घर बनाइदिन्छौँ


756
Shares

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितको घर बनाइदिने बताएका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट बझाङ आएका प्रधानमन्त्री प्रचण्डले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने बताए । उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए ।

प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए । त्यो समस्या सुनेपछि प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने आश्वासन दिए । उनले भने, ‘भूकम्पबाट प्रभावितलाई सरकारले घर बनाइदिन्छ । त्यसका लागि चाँडै पहल गर्नेछु ।’

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ । भूकम्प गएको चार दिन वितिसक्दा पनि प्रभावितहरु घरबाहिर बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्