Logo
Logo

लेकसाइडको होटलबाट हाम्फालेका चिनियाँ पर्यटकको मृत्यु


6.6k
Shares

पोखरा । पोखराको लेकसाइडस्थित एक होटलको तेस्रो तलाबाट हामफालेका एक चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ । गत बिहीबार राति तेस्रो तलाबाट हाम फालेका चीनियाँ नागरिक ४१ वर्षीय सन ग्याङ्ग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मध्यरातमा हाम फाले पछि गम्भिर घाइते भएका उनलार्इ सुरुमा गण्डकी मेडिकल कलेजमा लगिएको तर त्यहाँ उपचार सम्भवः नभए पछि पोखरा अस्पताल लगिएको थियो तर उपचारको क्रममा नै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनको शुक्रबार दिउँसो निधन भएको हो ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी दुई हप्तादेखी सोही होटलमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्