Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा शनिबार भएको भेटवार्तामा उनीहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पु¥याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक, २०८० लगायत महत्वपूर्ण विधेयक सदनमा दर्ता भएका छन् । सरकारले संविधान कार्यान्वनसँग सम्बन्धित विधेयकलाई सदनबाट निष्कर्षमा पु¥याउने गरी काम गरिरहेको छ ।

आजै प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्