Logo
Logo

इजरायलमा प्यालेस्टिनी आक्रमण, सात जना नेपाली घाइते



काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको इजरायलमा आक्रमण गर्दा ७ जना नेपाली घाइते भएका छन् । घाइते भएका ती नेपाली कृषिका विद्यार्थी हुन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएको हुन् ।

ईकान्पिुरले उल्लेख गरेअनुसार उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । हर्जेलियामा रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरेका छन् । सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ नेपालीसहित १७ जना विद्यार्थी आक्रमणकारीको समाचारमा जनाइएको छ ।

विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताएकी छन् । राजदूत रिजालले भनेकी छन्, ‘१७ जना कृषि फार्मको आवासभित्र छन् । उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको छ ।’

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् ।
टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्