Logo
Logo

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत चयन


5.6k
Shares

काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

निर्वाचन समितिका अनुसार उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन् । त्यस्तै सचिवमा मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएका छन् ।

एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन् । अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ । सुदूरपश्चिम प्रदेश अधिवेशन भने आजबाट सुरू हुँदै छ । त्यहाँ नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्