Logo
Logo

चीनको सिसापाङ्माको हिमपहिरोमा दुई जनाको मृत्य, कीर्तिमानी आरोही तेन्जेन वेपत्ता


4.4k
Shares

काठमाडौं । चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बताएका थिए ।

सिसापाङ्मा हिमालमा शनिवार दिउँसो सात हजार छ सय मिटरमाथि हिमपहिरो गएको थियो।

प्रतिक्रिया दिनुहोस्