Logo
Logo

इजरायलमा रहेका नेपालीबारे निर्णय गर्न परराष्ट्रमन्त्री नेतृत्वको बैठक जारी


567
Shares

काठमाडौं । इजरायलमा जारी युद्धमा परेका नेपालीहरूबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।

परराष्ट्र मन्त्रालयमा जारी बैठकले इजरायलमा फसेका नेपालीको आवश्यक पहिचान र उद्धारको लागि निर्णय गर्नेछ। सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।

संयन्त्रलाई निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्दार गर्नु पर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरू गर्ने भनिएको छ।

गत शनिबार गाजाको इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ । अहिलेसम्म १ जना सम्पर्कविहीन भएका छन् भने केही घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्